aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिटिजन्स बैंकले आगामी साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
सिटिजन्स बैंकले आगामी साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी १५औं वार्षिक साधारण सभाका लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । हालसम्म उक्त साधारण सभाको मिति तय नगरेको बैंकले बुक क्लोजको मिति भने तय गरेको हो । 

बैंकले गत आर्थिक वर्षको लाभांश भने प्रस्ताव गरिसकेको छ । यस वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्तपूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको हो ।

यस वर्ष बैंकको लाभांश विगत तीन आर्थिक वर्ष यताकै उच्च हो । आर्थिक वर्ष ०७३/७४ मा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले त्यसपछिकै सर्वाधिक लाभांश यो वर्ष घोषणा गरेको हो । अ

घिल्ला तीन आर्थिक वर्ष ०७४/७५ मा ३ दशमलव ६२८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६३५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस