aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपणमा ४० प्रतिशतसम्मको छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असोज २०७८
गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपणमा ४० प्रतिशतसम्मको छुट

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा छुट सुबिधा पाउन सक्ने छन् । 

बैंकका ग्राहकहरुले हेयर ट्रान्सप्लान्ट गर्दा २५ देखि ४० प्रतिशतसम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्ट गर्दा ३० प्रतिशत, हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत, डेन्टल ट्रिटमेन्टमा २० प्रतिशत र ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस