aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक, आकर्षक उपहार जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असोज २०७८
एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक, आकर्षक उपहार जित्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिनुभएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले NIC ASIA Viber Quiz Buzz समेत सञ्चालनमा ल्याएको हो । 

जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् । यहि असोज १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस NIC ASIA Viber Quiz Buzz मा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिनुहुने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् । 

साथै, हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस