aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कुमारी बैंकका ५ शाखाको इन्टरनेट प्रविधिबाट उद्घाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
कुमारी बैंकका ५ शाखाको इन्टरनेट प्रविधिबाट उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन गरिएका छन । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष  अमिर प्रताप ज. ब. राणाले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन गरेका थिए ।
  
बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको  जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतिय उद्घाटन चाहिँ बैंकको केन्द्रिय कार्यलयबाटै सम्पन्न भएको हो ।  

उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक  समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्र्शीएको छ । उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको कूल शाखा संजाल संख्या ९८ पुगेको छ । विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिइरहेको छ । 


)
 

प्रतिक्रिया दिनुहोस