
एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) ले अर्को हप्ता ब्याजदर बढाउन सक्ने देखिएको छ। आरबीआईले अक्टोबर ८ मा मौद्रिक नीति सार्वजनिक गर्दै छ । उक्त मौद्रिक बैठकले ब्याज दर बढाउने निर्णय गर्ने बताएको । अब घर, कार र अन्य सबै प्रकारको ऋण महँगो हुनेछ।
वर्तमानमा रेपो दर ४ प्रतिशत र रिवर्स रिपो दर ३.५० प्रतिशत रहेको छ । पछिल्लो १४ महिनादेखि ब्याज दरमा कुनै पनि परिवर्तन गरेको छैन। आरबीआईले ८ अक्टोबरमा रेपो दर बढाउने निर्णय गर्न सक्छ।
सिटी ग्रुपका अर्थशास्त्री समीरन चक्रवर्ती र बकर जैदीले बिहीबार एउटा नोटमा लेखेका छन् ,,आरबीआई गभर्नर शक्तिकान्त दासले रेपो दरमा १५ बीपीएस वृद्धि घोषणा गर्न सक्छन्, सम्भवतः अक्टोबर ८मा रेपो दर भनेको ब्याज दर हो जसमा आरबीआई बैंकहरुलाई पैसा दिन्छ।
उच्च तरलता अर्थात् पैसाको कारण भारतीय शेयर बजार स्थिर रुपमा उकालो लागि रहेको छ । चार दिनदेखि शेयर बजारको गिरावटले यहि संकेत गरिरहेको छ । अब ब्याज दर बढ्न सक्छ।
प्रतिक्रिया दिनुहोस