aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सांग्रिला डेभलपमेन्ट र महालक्ष्मी लाईफबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
सांग्रिला डेभलपमेन्ट र महालक्ष्मी लाईफबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । 

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स  लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका ग्राहक महानुभावहरुले यस बैंकका मुलुकभर फैलिएको ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछ । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सेवा सञ्चालनबाट ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बीमा सम्बन्धी सुविधा प्राप्त गर्न सक्ने सुविधाको थालनी गरेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउंदछौं । 
 

प्रतिक्रिया दिनुहोस