aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी साधारण सभा सम्पन्न, बोनस शेयर बाड्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ असोज २०७८
सम्पन्न क्यापिटल एण्ड एडभाईजरी साधारण सभा सम्पन्न, बोनस शेयर बाड्ने

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरीको पहिलो साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/२०७८ को मुनाफा बाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि जम्मा पूँजीको १.३१६ प्रतिशत नगद लाभाशं दिने प्रस्ताब पास गरेको छ ।

 बोनश पश्चात संस्थाको चुक्ता पुँजी ३ करोड ८४ लाख ९७ हजार हुने छ । संस्थाले पुरानै कार्यसमिति लाई अनुमोदन गरेको छ भने हकप्रद शेयर निसकासन गर्ने अख्तियारी समेत संचालक समितिलाई दिएको छ ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोसेफ अधिकारीले संस्थाले चालु आर्थिक बर्षमा पुँजी बृद्धि गर्दै लगानी ब्यवस्थापक र भेन्चर क्यापिटल सम्बन्धि कार्र्य गर्ने अनुमतिपत्र लिने  जानकारी दिए । त्यस्तै गरि संस्थाले आगामी आर्थिक बर्षभित्र पचास हजार डिम्याट खाता खोल्ने योजना बनाएको छ 

सम्पन्न क्यापिटल एण्ड एडभाईजरी। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कर्पोरेट एडभाईजरी सेवा प्रदान गर्ने मर्चेट बैंकर हो । संस्थाले निक्षेप सदस्यको कार्य समेत गर्दै आएको छन ।
 

प्रतिक्रिया दिनुहोस