aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

प्रभु क्यापिटल १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग बन्यो, ४० प्रतिशत लाभांश वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १६ असोज २०७८
प्रभु क्यापिटल १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग बन्यो, ४० प्रतिशत लाभांश वितरण

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज असोज १६ गते छायाँ सेन्टर ठमेलमा अवस्थित होटल एलोफ्टमा सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । 

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिंग कार्य गर्न अनुमति लिएका संस्थामध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस