
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौतापत्र अनुसार बैंकका ग्राहकले बैंकका ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नु भएका छन्
प्रतिक्रिया दिनुहोस