aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

ल्याटीन एबिएस सिर्भिस सेन्टरमा मेगा बैंकका खातावाललाई ३० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
ल्याटीन एबिएस सिर्भिस सेन्टरमा मेगा बैंकका खातावाललाई ३० प्रतिशत छुट

काठमाडौं । पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ ।  प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो ।

यस्तै ल्याटीन एबिएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको छ ।
 
कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने छ ।   

कम्पनीले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो । कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस