aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

देवः विकास र वेष्टर्न डेभलपमेन्ट आज एकिकृत कारोबार, सबैभन्दा बढी चुक्ता पुँजी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
देवः विकास र वेष्टर्न डेभलपमेन्ट आज एकिकृत कारोबार, सबैभन्दा बढी चुक्ता पुँजी

काठमाडौं । देवः विकास बैंकले दाङ्ग, कपिलवस्तु र बाँकेमा कार्य क्षेत्र रहेको वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी आज सोमबारदेखि  एकिकृत बैकिङ्ग कारोबार शुरु गर्दैछ  । आषाढ १२ गते बसेको दुवै बैंकको वार्षिक साधारण सभाबाट १ः१ को स्वाप रेसियोमा प्राप्ति प्रक्रियालाई सर्वसम्मतीबाट पारित गरिएको थियो । बैंकको एकिकृत बैकिङ्ग कारोवारको  नेपाल राष्ट्र बैंकका गभर्नर  चीरञ्जीवि नेपालले गर्दैछन् । 

वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात् देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।  यो चुक्ता पुँजी विकास बैंकहरुमध्येमा सबैभन्दा बढी हुने बैंकको दावी छ । चुक्ता पूँजीको आधारमा सबैभन्दा ठुलो विकास बैंकको रुपमा रहने देवः विकास बैंकको एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम २२ अर्व ९२ करोड  रुपैयाँ र कर्जा २० अर्ब ४३ करोड  रुपैयाँ पुग्नेछ भने ७७ वटा शाखा सञ्जाल रहनेछ ।

एनडिइपी डेभलपमेन्ट बैंकले  चितवन, नवलपरासी र रुपन्देही कार्य क्षेत्र रहेको राइजिङ्ग डेभलपमेण्ट बैंकसँग मर्जर गरे पश्चात् देवः विकास बैंक लि।को नामबाट  २०७२ आषाढ २५ गतेबाट एकिकृत कारोवार शुरु गरेको थियो । त्यस पछि राष्ट्रियस्तरको युनियन फाइनान्स लि। र कैलाली, कञ्चनपुर र डोटीमा कार्य क्षेत्र रहेको साझा विकास बैंकलाई प्राप्ति गरी २०७४ कार्तिक २३ गतेदेखि एकिकृत बैंकिङ्ग कारोवार गरेको थियो ।

वेष्टर्न डेभलपमेन्ट बैंकको प्राप्ति पश्चात् बैंकको संचालक समितिमा देवः विकास बैंक कै साविक संचालक समिति नेपाली सेनाका उपरथी बज्र गुरुङ्ग रहने सहमति भएको छ भने  प्रमुख कार्यकारी अधिकृतमा देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ   रहनेछन ।
 

प्रतिक्रिया दिनुहोस