aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

माछापुच्छ्रे बैंक २२ वर्षमा, २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारी सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
माछापुच्छ्रे बैंक २२ वर्षमा, २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारी सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीच २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हो ।   

यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् ।   

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रदान गरिरहेको छ । डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।        

प्रतिक्रिया दिनुहोस