aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्वाभिमान लघुवित्तले लाभांश घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ असोज २०७८
स्वाभिमान लघुवित्तले  लाभांश घोषणा गर्यो

काठमाडौं । स्वाभिमान माइक्रोफानान्स वित्त संस्थाले  लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सूथाको चुक्तापुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ ।

वित्त कम्पनीले चुक्तापुँजीका ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशत लाभांश शेयरधनीहरुलाई दिने प्रस्ताव गरेको छ ।   कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  
 

प्रतिक्रिया दिनुहोस