aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

एनएमबि बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
एनएमबि बैंकको ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनएमबि बैंकको ४० हजार कित्ता संस्थापक शेयर सोमवारदेखि विक्रीमा आएको छ । बैंकले शेयरधनी बिष्णु प्रसाद भट्टराईको नाममा रहेको उक्त शेयर विक्रीका लागि सोमवार ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा पुग्ने गरी आवेदन पठाउनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस