aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

गरिमा विकास बैंकका ग्राहकलाई यी दुई ठाउँमा आर्कषक छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
गरिमा विकास बैंकका ग्राहकलाई यी दुई ठाउँमा आर्कषक छुट

काठमाडौं । सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । 

बैंकद्घारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दै रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् ।  

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस