aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

नागरिक लगानी कोष र आइएमइवीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
नागरिक लगानी कोष र आइएमइवीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेड वीच वैदेशिक रोजगारमा रहेका  नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल वीच सोमबार हस्ताक्षर भएको हो । बैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न  ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो । 

उक्त सफ्टवेयरको निर्माण संगै आइएमई संग भएको समझदारीले बैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे लगायत सहभागी थिए । 
 

प्रतिक्रिया दिनुहोस