aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

एनएमबि बैंकको एआईमा आधारित भिडियो केवाईसी–नेपाली बैंकिङ्ग जगतमै पहिलो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
एनएमबि बैंकको एआईमा आधारित भिडियो केवाईसी–नेपाली बैंकिङ्ग जगतमै पहिलो

काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो । 

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नय“ा खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा÷अपडेट गर्न सक्दछन् । भिकेवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छः  https://vcc.nmb.com.np ‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दै आएको छ  ।

 ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्ने बैंकले बताएको छ ।   

घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्ने बताएको छ ।   बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस