aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असोज २०७८
सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

काठमाडौं । सिभिल बैंकको अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिआइबीले जानकारी दिए। उनले ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको र यसको विस्तृत विवरण भोलि जानकारी गराउने सिआइवी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस