aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

सानिमा बैंकको नयाँ शाखा काठमाडौंको गोकर्णेश्वरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
सानिमा बैंकको नयाँ शाखा काठमाडौंको गोकर्णेश्वरमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबार काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्धघाटन गरेका हुन् ।  

उद्धघाटन समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस