aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गोर्खाज फाइनान्समा नयाँ सञ्चालक समिति चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
गोर्खाज फाइनान्समा नयाँ सञ्चालक समिति चयन

काठमाडौं । गोर्खाज फाइनान्समा ६ जना सञ्चालक समितिका सदस्यहरू सहमतिमा चयन भएका छन् । सभाले संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फ ३ जना गरी ६ जना सदस्यहरू चयन भएका हुन् । आइतबार सम्पन्न २६औँ बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । 

सभाको संस्थापकतर्फबाट प्रेम बहादुर खापुङ, डेकिन्द्र कुमार राई र कर्ण बहादुर राई निर्विरोध निर्वाचित बनेका छन् ।  त्यस्तै, सर्वसाधारणतर्फबाट नरेन्द्र कुमार अग्रवाल, रेशु अग्रवाल र गौरव बुढाथोकी निर्विरोध चयन भएका छन । गोर्खाज फाइनान्समा सस्थापक पक्ष र साधारण शेयर धनीको तर्फबाट बराबरी सहभागीता भएको छ । 

प्रतिक्रिया दिनुहोस