aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

महालक्ष्मी विकास बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
महालक्ष्मी विकास बैंकको १ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले १ लाख ९ हजार ८२६ कित्ता संस्थापक शेयर असोज २० गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बुधवार ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । उक्त अवधिभित्र संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने कम्पनीको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस