
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउनेछन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द« नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, र्फामेसी, प्रक्रियामामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस