
काठमाडौं । आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ । यस घटस्थापना देखी सिजि डिजिटल तथा एलजी, शपी शोरुमहरुबाट एलजी, सिजी, गोदरोज, टीसीएल, सेन्सेई, केन्ट, ईलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सयसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सिजी डिजिटल तथा एलजी शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।
यसको लागी ग्राहकले सि.जी. डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
प्रतिक्रिया दिनुहोस