aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

हिमालयन बैंकद्धारा शेयरधनीलाई २६ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
हिमालयन बैंकद्धारा शेयरधनीलाई २६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २१ दशमलव ३६ प्रतिशत बोनस शेयर ४ दशमलव ६४ प्रतिशत लाभांश गरेर कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको अगाामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यस कम्पनी र नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा रहेकाले कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब ६४ करोड ४४ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । 

प्रतिक्रिया दिनुहोस