aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिप्रोक्स लघुवित्तको साधारण सभा शनिबार हुदै, असोज ११ गते सम्म कायम शेयरधनीले लाभांश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
डिप्रोक्स लघुवित्तको साधारण सभा शनिबार हुदै, असोज ११ गते सम्म कायम शेयरधनीले लाभांश पाउने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले बिसौं वार्षिक साधारण सभा असोज २३ गते शनिबार हुदैछ । सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा हुने जानकारी गराएको हो । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका असोज १२ गते देखि २३ गते सम्म बन्द गर्ने निर्णय गरेको छ । 

यस  आधारमा असोज ११ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।  २०औं साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साथै शेयर संमरचना र कर्मचारी पद समायोजनको विषमा नाडेप लघुवित्तसँग असहति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भएकोले यो विषय राष्ट्रबैंकलाई जानकारी गराएको छ । सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितीलाई अख्तियराी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । 

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तिन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितीलाई दिने प्रस्ताव पनि पारीत गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस