aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

भारतीय केन्द्रीय बैंकले अनलाईन भुक्तानीको सिमा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
भारतीय केन्द्रीय बैंकले अनलाईन भुक्तानीको सिमा बढायो

एजेन्सी । भारतको केन्द्रीय बैंक(आरबीआई)को बैंठकले रेपो रेट ४ प्रतिशत र रभर्स रेपो रेट ३.३५ प्रतिशत कायम राख्ने निर्णय गरेको छ ।  यो लगातार आठौं पटक आइबीआईले आफ्नो रिपोको दर एउटै राखेको हो । यसअघि मे २०२० मा रेपो रेट घटाइएको थियो । आरबीआईले तत्काल भुक्तानी सेवा (आईएमपीएस) सीमा २ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ भारु पुर्याएको छ । 

अहिलेसम्म आईएमपीएसको माध्यमबाट एक दिन मा २ लाख रुपैयाँ भारुसम्म स्थानान्तरण गर्न को लागी सीमा तोकेको थियो । अब यसको माध्यमबाट एक दिनमा छ लाख रुपैयाँ भारुसम्म स्थानान्तरण गर्न सकिने भएको छ । यो इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग एप, बैंक शाखा, एटीएम र एसएमएसको माध्यमबाट गर्न सकिन्छ । 

आरबीआई गभर्नर शक्तिकांत दासले भने, ‘अर्थव्यवस्थामा रिकभरीको स्पष्ट संकेत देखिएको छ । त्यहाँ अगस्ट सेप्टेम्बरको मागमा रिकभरी भएको छ र खाद्य मुद्रास्फीति तल आएको छ ।’  प्रारम्भिक चरणमा लगानीमा सुधार देखिएको उनले बताए । जुलाई–अगस्टमा मुद्रास्फीति अपेक्षितभन्दा कम रहेको उनले छ ।

 आरबीआई मुद्रास्फीति नियन्त्रण गर्ने प्रयासमा गर्ने उनले दावी गरे । आरबीआईले आर्थिक वर्ष २०२१–२२ को जीडीपी वृद्धि पूर्वानुमानमा कुनै परिवर्तन गरेको छैन । आरबीआईले जीडीपी वृद्धि ९.५ प्रतिशत रहने अनुमान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस