aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

अब मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सबाट लिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असोज २०७८
अब मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सबाट लिन सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक र आईसिएफसि फाईनान्सबिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ्ग र आईसिएफसि फाईनान्सका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आईसिएफसि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस