aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रोग्रेशिभ फाइनान्सको नयाँ संचालक समिति चयन, अध्यक्षमा महर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
प्रोग्रेशिभ फाइनान्सको नयाँ संचालक समिति चयन, अध्यक्षमा महर्जन

प्रोग्रेशिभ फाइनान्सले २०७६ आषाढ २९ गते आइतबार एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । 

उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे । 

साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष किशोर कुमार महर्जनले प्राप्त सल्लाह तथा सुझावहरुको सराहना गर्दै आगामी दिनहरुमा यस्ता सुझावहरुको कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरे । 

उक्त साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस.एम.सी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट किशोर कुमार महर्जन, लक्ष्मी प्रसाद महर्जन एवं श्री शम्भुलाल डंगोल निर्विरोध सञ्चालक निर्वाचित भएका छन् । भने सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवं श्रीमति सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । 

नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरे । साधारण सभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको सहमतिय बैठकले किशोर कुमार महर्जनलाई पुनः अध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस