aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असोज २०७८
मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन  एक अर्ब बढीको जग्गा किन्ने

काठमाडौं । मेगा बैंकले कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्ने भएको छ । बैंकले कर्पोरेट कार्यालयको भवन निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा जग्गा खरिद गर्न लागेको हो ।

बैंकका अनुसार १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ खर्च गरी जग्गा खरिद गर्न लागेको हो । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस