aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

एनसीसी बैंकको २ लाख ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
एनसीसी बैंकको २ लाख ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी असोज २५ गते ३५ दिने सुचना जारी गरेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरिदका लागि बैंकको कार्यालय, बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । यस अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने समेत बैंकले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस