काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । निफ्राले नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको जानकारी दिएको हो ।
यस अघि ८ दशमलव ५ प्रतिशत कर समेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अव भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । संशोधित लाभांश नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल बैंकको चुक्तापूँजी रु. २० अर्ब रहेको छ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस