aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ग्लोबल आइएमई समुन्नत योजना १ को इकाईमूल्यमा सकारात्मक सर्किट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असोज २०७८
ग्लोबल आइएमई समुन्नत योजना १ को इकाईमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सोमवार ग्लोबल आइएमई समुन्नत योजना १ ले शतप्रतिशत प्रतिफल सार्वजनिक गरेसँगै इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरुका लागि क्यापिटलले १०० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

क्यापिटलको असोज २४ गतेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति भने पछि तय गर्ने गरी उक्त प्रतिफल वितरणको प्रस्ताव गरेको हो । शतप्रतिशत प्रतिफल सार्वजनिक भएसँगै यस योजनाको इकाईमूल्य १० प्रतिशत अर्थात प्रतिइकाई रु.१ दशमलव ९७ ले बढेर अन्तिम इकाईमूल्य रु. २१ द्यशमलव ६७ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस