काठमाडौँ।। मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । सुरक्षागार्डको अवरोध पछि बैंक लुट्ने योजना असफल भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहले सुरक्षागार्डलाई अबरोध गरेको भन्दै गोलि समेत चलाएको थियो। लुटेरा समुहले चलाएको गोलि लागेर गार्ड घाइते भएकाले अहिले उनलाई थप उपचारका लागि अस्पताल पठाईएको प्रहरीले जनाएको छ।
दुई जना भारतीयसहित तीन जनालाई नेपाल–भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरिएको छ।
गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी, प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङ घटनास्थल पुगेका थिए ।
।
प्रतिक्रिया दिनुहोस