aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असोज २०७८
सप्तकोशी डेभलपमेण्ट बैंकको अध्यक्षमा अर्जुन कुमार बराल चयन

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा डा. अर्जुन कुमार बराल चयन भएका छन् । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले कात्तिक १ गतेदेखि लागू हुने गरी बराललाई अध्यक्ष पदका लागि चयन गरिएको हो । 

यस अघिका अध्यक्ष तारानाथ निरौलाले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गर्दै बराललाई अध्यक्षमा चयन गरिएको जानकारी कम्पनीले नेप्से मार्फत गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस