aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जनता बैंकको शाखा खुमलटारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
जनता बैंकको शाखा खुमलटारमा

जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ । 

उक्त शाखाको समुद्घाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेको थियो ।

उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । 

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । 

यस अतिरिक्त बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस