aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

कुमारी बैंकले कात्तिक १६ गते ८.६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असोज २०७८
कुमारी बैंकले कात्तिक १६ गते ८.६७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । कुमारी बैंकले प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारित गर्न कात्तिक १६ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ८ दशमलव ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्तावलाई समेत वितरणयोग्य बनाउन अन्तिम रुप दिनेछ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्न लागेको हो । सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । 

कोभिडको जोखिमलाई ध्यानमा राखी बैंकले केन्द्रिय कार्यालय, नक्साल ,काठमाडौंबाट विहान ११ः३० बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । सभा प्रयोजनका लागि कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने बैंकको तयारी छ । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

बैंकको गत वर्षभन्दा यो वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव १५ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस