aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘बैंकमा लगानी गर्नुस्, नाफा नखोज्नुस’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
‘बैंकमा लगानी गर्नुस्, नाफा नखोज्नुस’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकमा लगानी गरेर नाफा नखोज्न भनेका छन् । देव विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत वित्तीय कारोबार सुरुवात गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले यस्तो बताएका हुन् । 

उनले भने ‘कसैलाई बैंकमा लगानी गरेर  कमाउने इच्छा छ भने बैंक छाडुन र व्यापार गर्नुस’ । बैंकका सञ्चालक प्रति ब्यङ्ग्य गर्दै गभर्नर नेपालले बैंक डुब्यो भने कसले जिम्मा लिने ? जनताको पैसा बैंकमा छ, जनताले बैंकमा राम्रो मान्छे हुन्छन भनेर विश्वास गरेर बैंकमा पैसा राखेको हो उनले भने ।  

राष्ट्रबैंकले लाइसेन्स दिएको छ, यहाँ असल मान्छे छन्, दुरुपयोग हुँदैन भनेर जनताले पैसा जम्मा गरेका हुन् । यसमा मनलागी गर्न पाइन्न कुनै एउटा  बैंक डुब्ने बितिकै त्याहाँ निर्दोश व्यक्तिको पैसा डुब्ने उनको तर्क थियो ।

बैंक तथा वित्तीय संस्था मर्जको लहर चलिरहेको बेला उनले भने ‘गत ३–४ वर्षको अवधिमा धेरै बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएका छन् । नेपालजस्तो सानो देशमा मर्जरमा जाँदा कुनै समस्या आउँदैन ।’

उनले थपे ‘८९ वटा विकास बैंक मर्ज भएर २३ वटामा झरेका छौं, कहाँ आयो समस्या ? यी बेकारको कुरा गर्न छाडेर राष्ट्रबैंकले ल्याउन लागेको मर्जर नीतिलाई तपाई(बैंकर)हरुले समेत साथ दिनुहोस् ।’ बैंक खोल्दा एक दुई करोड बजारमा डुब्दैमा बैंक नै सखाप हुने अवस्थामा नओस भन्दै ध्यानपूर्वक बैंक सञ्चालन गर्न उनले आग्रह गरे । 
 

प्रतिक्रिया दिनुहोस