aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

बैंकहरुलाई ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ कार्तिक २०७८
बैंकहरुलाई ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको हो। 

निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले बजारमा तरलता अभाव भएकोभन्दै बजारबाट निक्षेप तानातान गर्न थालेपपछि  राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै ब्याजदर घटाउन भनेको हो । बैंकहरुले निक्षेप तानातानमा मुद्दीती खातामा १० प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् । 


 

प्रतिक्रिया दिनुहोस