काठमाडौं । सिभिल बैंकलाई ऋणपत्र निष्कासन गर्नका नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकका अनुसार बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि अनुमति दिएको हो । प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
बैंकले १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने जनाइएको छ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मको योजनाका लागि लागि ऋणपत्र निष्कासन गर्ने छ ।
बैंकले उक्त ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई बिक्री गर्ने छ ।
प्रतिक्रिया दिनुहोस