काठमाडौँ। ईङवा हाइड्रोपावर लिमिटेडको प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासनको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले पाएको छ। सो हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न निष्कासन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको सो कम्पनीले जनाएको छ।
ईङवा हाइड्रोपावर लिमिटेडको काठमाडौँ स्थित कार्यालयमा बुधबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितो पत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
ईङवा हाइड्रोपावर लिमिटेडले ताप्लेजुङ जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस