काठमाडौं । महालक्ष्मी विकास बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले यस अघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गरेकोमा उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस