
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । कम्पनीले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा संशोधन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश कर समेत गरी कुल १६ प्रतिहत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्रबैंकको निर्देशन बमोजिम बोनस शेयर तथा नगद लाभांश परिवर्तन गरेको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश परिवर्तन भएको जानकारी गराएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्रबै.कबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस