aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

बिहीवार तीन बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
बिहीवार तीन बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । बिहीवार दुई वाणिज्य बैंकहरु सहित तीन बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माछापुच्छ्रे बैंक, सानिमा बैंक र सांग्रिला डेभलपमेण्ट बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका हुन । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका यी बैंकहरुले सभा प्रयोजनका लागि बुक क्लोजको मिति समेत तय गरिसकेका छन् । 

बुक क्लोजको मितिको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरु मात्र यी बैंकहरुको लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन । सांग्रिला डेभलपमेण्ट बैंकले कात्तिक १६ गतेको लागि आव्हान गरेको १७औं वार्षिक साधारण सभाका लागि कात्तिक ५ गते बुक क्लोज गर्ने भएको हो । यस वर्ष सांग्रिला डेभलपमेण्ट बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

त्यस्तै सानिमा बैंकले कात्तिक १४ गते १७औं वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि सानिमा बैंकले कात्तिक ७ गते आइतवार बुक क्लोज गर्ने भएको हो । 

माछापुच्छ्रे बैंकले पनि कात्तिक ७ गतेनै आगामी साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको छ । माछापुच्छ्रे बैंकले २३ औं वार्षिक साधारण सभा मार्फत १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस