aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सेञ्चुरी कमर्सियल बैंकले संस्थापक तर्फको स्वामित्व घटाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
सेञ्चुरी कमर्सियल बैंकले संस्थापक तर्फको स्वामित्व घटाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्य २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ । बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । संस्थापक तर्फको शेयर स्वामित्व घटाईएपछि बैंकको सर्वसाधारण तर्फको शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।

हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको छ । बैंकले संस्थापक तर्फको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहने शेयरधनीहरुले सुचना प्रकासित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन समेत अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस