aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

राष्ट्र बैंकले दश अर्ब तरलता वित्तीय प्रणालीमा पठाउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
राष्ट्र बैंकले दश अर्ब तरलता वित्तीय प्रणालीमा पठाउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले दश अर्ब रूपैयाँ बराबरको तरलता आज बैंक तथा वित्तीय संस्थाहरुमा पठाउदै छ। राष्ट्र बैंकले सात दिन अवधिको लागि रिपो मार्फत पठाउने  बुधबार एक सूचना सार्वजनिक गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभावले निक्षेप तानातान गरिरहेको बेलामा केन्द्रीय बैंकले यो रकम पठाउन लागेको हो ।  बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। उक्त नीतिका कारण  केही बैंकले यो अनुपात कायम गर्न सकिरहेका छैनन्। 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनका लागि बुधबार मंगलबार सार्वजनिक गरेको ब्याजदरमा राष्ट्र बैंकले अंकुश लगाइदिएपछि बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावले थप लगानी गर्ने स्थितिमा नभएको बैंकहरुले बताउदै आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस