aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सिभिल बैंकलाई सेबोनले दियो ऋणपत्र निष्कासनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
सिभिल बैंकलाई सेबोनले दियो ऋणपत्र निष्कासनको अनुमति

काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बरावरको  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । अनुमति पाएसँगै बैंकले रू. एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ  । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न सेबोनको अनुमति पाएको हो ।

स्वीकृती पाएसँगै बैंकले कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकले उक्त ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट असोज २४ गते अनुमति पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस