aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र बैंकको परिपत्रले सबैलाई दियो हर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
राष्ट्र बैंकको परिपत्रले सबैलाई दियो हर्ष

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कर्जाको साँवा, किस्ता र ब्याज तिर्ने समयसीमा १५ दिन थपिएको छ । 

सोमबार एक निर्देशन जारी गर्दै केन्द्रिय बैंकले यस्तो समयावधि थप गरेको हो । हाल रहेको व्यवस्थाअनुसार १५ साउनसम्ममा प्राप्त साँवा, किस्ता तथा ब्याजलाई असार मसान्तकै रूपमा लेखांकन गर्न पाइन्छ । तर, हालै आएको बाढी तथा पहिरोका कारण कठिनाइ भएको भन्दै राष्ट्र बैंकले समय थप गरिदिएको हो । 

यसरि थपिएको समयबाट सानाभन्दा पनि ठूला ऋणी बढी लाभान्वित हुनेछन् । अधिकांश साना ऋणीले असार मसान्तअघि नै साँवा, किस्ता तथा ब्याज भुक्तानी गर्ने, कर्जा नवीकरण गर्नेलगायत काम सक्छन्। 

‘आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम नियमनकारी कोषमा जम्मा गर्नुनपर्ने भन्ने व्यवस्थाको समयावधि आव ०७५/७६ को वित्तीय विवरण तयार गर्ने प्रयोजनका लागि मात्र थप गरी आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र कायम गरिएको छ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । 

नेपाल बैंकर्स एसोसिएसन र नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा साँवा–ब्याज भुक्तानी गरिसक्नुपर्ने समयसीमामा १५ दिन थपिएको राष्ट्र बैंक स्रोतले बताएको छ । नेपाल राष्ट्र बैंकले गरेको नयाँव्यवस्थाको नेपाल उद्योग परिसंघले प्रशंसा गरेको छ । परिसंघले सोमबार विज्ञप्ति जारी गर्दै उक्त व्यवस्थाको प्रशंसा गरेको हो । परिसंघबाट बिज्ञप्तिमा भनिएको छ, ‘परिसंघले आगामी मौद्रिक नीतिको सन्दर्भमा केही समयअघि राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेको सुझाबमा तरलता व्यवस्थापनका लागि कर तथा ब्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाब दिएको थियो।’ 

राष्ट्र बैंकले सोमबार निर्देशन अब तोकिएको क्षेत्रमा कर्जा प्रवाह नपुर्‍याउने बैंक तथा वित्तीय संस्थालाई लाग्ने हर्जानामा ठूलो छुट पाएका छन्  । बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा १० देखि २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । यदि प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएजति कर्जा नपुगेमा हर्जाना लाग्ने व्यवस्था छ । 
 

प्रतिक्रिया दिनुहोस