aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नेप्सेले तोक्यो सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयरपछिको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
नेप्सेले तोक्यो सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयरपछिको मूल्य

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार सांग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयरपछिको मूल्य तोकेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पछिको मूल्य रू. ३३४ दशमलव ५५ तोकेको हो । बैंकको बिहीवार कायम अन्तिम मूल्य रू. ३६८ को आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । आइतवार समायोजनपछिको मूल्यको आधारमा बैंकको शेयर कारोबार खुला हुनेछ ।

बैंकले कात्तिक १६ गतेको लागि आव्हान गरेको १७औं वार्षिक साधारण सभाका लागि कात्तिक ५ गते बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् । बैंकले १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस