aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महिला लघुवित्तको लाभांश संशोधन, बोनस शेयरमा जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
महिला लघुवित्तको लाभांश संशोधन, बोनस शेयरमा जोड

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीले कुल ५० प्रतिशत लाभांशलाई नघटाई संशोधन गरेको हो । यस अघि कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

 उक्त प्रस्तावलाई कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले संशोधन गर्दै ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको हो । 

कम्पनीले बोनस शेयरमा जोड दिदैं लाभांश संशोधन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो । संशोधित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस