aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लघुवित्त संस्थाको १५ प्रतिशत क्याप हटाउनमा माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ कार्तिक २०७८
लघुवित्त संस्थाको १५ प्रतिशत क्याप हटाउनमा माग

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तीय संस्थाको ब्याजदर निर्धारणमा लगाइएको क्याप हटाउन माग गरेको छ । १५ प्रतिशतको क्यापले लघुवित्तहरूलाई खर्च नै नधान्ने भन्दै लघुवित्त बैंकर्स संघले क्याप हटाउन माग गरेको हो । शुक्रबार सम्पन्न संघको पन्ध्रौ साधारण सभामा बोल्ने अधिकांश सदस्यहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाहरूले लिने कर्जाको ब्याजदरको सीमा अधिकतम १५ प्रतिशत तोकेबाट समस्य परेको गुनासो गरेका थिए ।  

 संघका अध्यक्ष बसन्त कुमार लम्सालले सभालाई सम्बोधन गर्दै लघुवित्त संस्थाहरूले लिने ब्याजदरको वैज्ञानिक गणना गर्ने विधि लागू गर्नुपर्ने माग गरेका छन । संघले हाल वित्तीय प्रणालीमा देखा परेको तरलता संकुचनले ब्याजदर वृद्धिका कारण लघुवित्त संस्थाको लागत वृद्धिहुन गई संस्थागत संक्षमतामा कमी आउने संघका पदाधिकारीहरुले बताएका छन । 


 

प्रतिक्रिया दिनुहोस